बर्दिवास,नेकपा एमालेले मधेस प्रदेशका नेता कार्यकार्तालाईआइतवार बर्दिवासमा अनुशासनसम्बन्धि प्रशिक्षण दिएको छ ।
एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टी,संगठन, नेतृत्व र अनुशासनका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी अनुशासन आयोगका सचिव प्रा. डा.भरत पहरीले पार्टीका नेता कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचार संहिताको बारेमा प्रशिक्षण दिनुभएको थियो नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिनुभयो ।प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरू, पार्टी प्रदेश कमिटीका सदस्यहरू, प्रदेश लेखा आयोगका सदस्यहरू, प्रदेशका आठ ओटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटव्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल,रामदयाल मण्डल,ज्वाला कुमारी साह, अच्युत मैनाली, एमाले केन्द्रीय कमिटी सदस्य एवंम सघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालगायतको उपस्थितिरहेको थियो ।
केशव बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदेश सचिव मनोज पौडेलले र स्वागत प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले गर्नुभएको थियो ।
एमाले केन्द्रीय अनुशासन आयोगले यसअघि देशका छ वटा प्रदेशमा प्रशिक्षण गरिसकेको छ ।
मन्त्री गुप्तालाईसम्मान
कलैया,
नेकपा एमालेको मधेस प्रदेश कमिटीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई सम्मानित गरेको छ। आइतवार महोत्तरीको बर्दिवासमा एमाले केन्द्रीय अनुशासन आयोगले आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गुप्तालाई सम्मानित एमाले मधेस प्रदेश कमिटीले गरिएको हो।कार्यक्रममा मन्त्री गुप्तालाई दोसल्ला ओढाएर सम्मान गर्दै एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले सरकार सञ्चालनमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

पार्टी अध्यक्ष मण्डलले देशको संघीय संरचना र शासन व्यवस्थामा सुधार ल्याउन तथा समग्र जनताको हितमा काम गर्न मन्त्री गुप्तालेसधैं अग्रसरता देखाएको र महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । मन्त्री गुप्ताले हालैका दिनहरूमा संघीय मामिला र सामान्य प्रशासनमा देखिएको चुनौतीहरूको सामना गर्न, विशेषगरी मधेस प्रदेशको विकास र समृद्धिका लागि अझै बढी सक्रियता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताको सहभागीता रहेको थियो।

Leave a Reply