नरेश गुप्ता
बरियारपुर – कक्षाकोठाको अभावमा एउटै कोठामा कक्षा ३ सम्मका बिद्यार्थीहरुलाई एकै ठाउँमा राखी पढाईएको छ । महागढीमाई नगरपालिका २ स्थित रहेको दलित प्राथमिक बिधालयमा प्रयाप्त कक्षाकोठा नभएर एउटै कोठामा थुनियर कक्षा ३ सम्मको बिधार्थिहरुलाई पढाउदै आएको कार्यरत शिक्षक त्रिपुरारी साहले बताउनु भयो । कक्षाकोठाको अभावमा छुटै कक्षा संचालन हुन नसकेको जसले गर्दा बिद्यार्थीको पढाईमा असर पुगेको उनले बताए ।
बि स २०५९ सालमा दलित समुदाय भएको ठाउमा स्थापना गरिएको दलित प्राथमिक बिधालयमा १ सय पचास सम्म बिधार्थी रहेका छन । बिगत एक बर्ष अगाडि आएको बाढीको पानीले संगै रहेको बल्क भत्काईए पछि कक्षाकोठाको अभाव रहेको छ । दलित समुदाय पासवान , माझी डोम घरपरिवारको छोराछोरीको बहुल्यता रहेको सो बिधालयमा कक्षा ५ सम्म पढाइ भैइरहेको कक्षा ५ मा अध्यनरत बबिता पासवानले बताईन ।
बिधालय बाट छात्रवृत्ति बितरण गर्ने गरेको र दिवा खाजा प्रत्येक दिन खुवाउने गरिएको प्रधानाध्यापक श्यामबाबु यादवले बताए । बिधालयको लागि थप भवन निर्माणको लागि नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आफै सो दलित बिधालयको अनुगमन गरि बजेट निकासा गर्ने आश्वासन दिनु भएको छ ।
दलित समुदायको छोराछोरीहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्न सो बिधालयमा राहत शिक्षक तीन जबा बाल बिकासको एक जना शिक्षिका रहेको छ । दलित स्मुदायको बिचमा रहेको दलित प्राथमिक बिधालयको बिकासमा स्थानीय तहको जिम्मेवारी पहिलो प्राथमिकता रहेको देखिन्छ ।