निजगढ,निजगढ सुपरमार्टले ग्राहकहरूलाई लक्षित गरेर दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालन गरेको लक्की ड्रको प्रथम पुरस्कार निजगढ ८ स्थित द बर्गर हाउसले जितेको छ ।
बिहीवार बिहान सार्वजनिक भएको लक्की ड्रमा निजगढ ८ शहिद चोकस्थित बर्गर हाउसका संचालक जयजंग घलानले पहिलो पुरस्कारबापत सामसुङ्ग कम्पनीको १ थान वासिङ्ग मेसिन प्राप्त गर्नुभएको छ । सुपरमार्ट संचालक अमृत तिमिल्सिनाले बर्गर हाउसका संचालक घलानलाई ६ केजीको वासिङ्ग मेसिन हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी दोस्रो पुरस्कारबापत सरिता तिमल्सिना र मिरा पाण्डेले वाटर वायलर जितेका छन । तेस्रो पुरस्कार भने आकाश न्यौपाने, विष्णु पण्डित र रामहरी वाग्लेसहित ३ जनाले जितेका छन । उनीहरुले १÷१ थान राइसकुकर पाएका थिए । लक्की ड्र योजना अन्तर्गत १२ जनाले उपहार प्राप्त गरेका छन । जसअनुसार थप २ जनाले पानी तताउने केल्टी, ३ जनाले राईस कुकर, ५ जनाले हिटर, इस्त्री र किनमेल भाउचर उपहार प्राप्त गरेको निजगढ सुपरमार्टका संचालक तिमल्सिनाले जानकारी दिनुभयो । सुपरमार्टको प्राङ्गणमा निजगढ उद्योग बाणिज्य सघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामालगायतले लक्की ड्रको कुपन खोल्नुभएको थियो ।



















