जिल्ला प्रशासन कार्यलय बाराले जिल्लामा २५ जना भन्दा बढी भेला हुनबाट रोक लगाएको छ । उसले एक अपील सार्वजनिक गर्दै २५ जनाभन्दा बढी जिल्लाको कनैपनि स्थानमा सहभागी नजनाउनका लागि आग्रह गरेको छ । यो बिलकुल नागरिकहरुको पक्षमा छ । नागरिकहरुले यस्तो बिषयमा ख्याल र ध्यान दिन जरुरी छ । प्रशासनले गरेको निर्णयले कोरोना नियन्त्रणमा ल्याउनका लागि सहयोग पुग्नेछ भन्ने बिश्वास मात्रै हो ।
गएको वर्ष सरकारले यही अवधिमा कोरोनाको त्रास बढेपछि लकडाउन गरेको थियो र मध्य अवस्थामा कोरोनाको त्रास रहेको थियो । अहिले फेरि अवस्था त्यही भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निर्णय पालनाका हामीले नै चासो र ख्याल गरेनौं भने फेरि त्यसको बिपत्ति आफूहरुमाथि नै आउने हो भन्ने कुरामा स्पष्ट हुन जरुरी छ ।
अहिले खासगरी बिवाह लगायतको समय भएकाले पनि बिवाह र भोजभतेजमा नागरिकहरुको सहभागिता बढी हुन सक्छ । भीडभाड गरिँदा त्यसको जोखिमले नागरिकहरुलाई नै समस्यामा पार्ने भएकाले पनि कोरोनाबाट जोगिनका लागि स्थानीय प्रशासनले जारी गरेको निर्देशनलाई अटेर नगरी कार्यान्यवन गर्न आवश्यक छ । यसो गरिएको खण्डमा पक्कै पनि कोरोनाविरुद्धको अभियानमा सबैले सफलता हासिल गर्न सक्ने छन ।

















