सिमरा,बिलबिजकभन्दा बढी समान ढुवानी गरेको आशंकामा नियन्त्रणमा लिइएको एउटा ट्रबाट प्रहरीले करिब ३८ लाख मूल्य बराबरको समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुरको प्रहरी टोलीले ना४ख ३९८४ नम्बरको ट्रकबाट ३७ लाख ६७ हजार बराबरको समान बरामद गरेको हो ।बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले ट्रकबाट कपडा, चना ब्याट्री, थर्मोकोल दानालगायतको बिलबिजकभन्दा बढीको खुद्रा समान बरामद गरेको बताउनुभयो । उक्त समानसहित ट्रक थप अनुसन्धानका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।


















