सिमरा,बाराको सिमरामा बुधवारदेखि दोस्रो अन्तर्राष्ट्रिय भेट्रान कप २०७९ शुरु भएको छ ।
स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा रंगशालामा प्रतियोगिता शुरु भएको हो ।सिमरा भेट्रान क्लबको आयोजनामा बुधवारबाट सुरु भएको प्रतियोगिता असोज १ गतेसम्म चल्नेछ । प्रतियोगिताको पूर्वश्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासको निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
खेल र खेलाडीको क्षमता विकास गर्न आवश्यक रहेको भन्दै उहाँले सिमरा भेट्रान कपले सिमरा क्षेत्रको खेल क्षेत्रको विकासमा ठुलो भुमिका खेल्ने पनि बताउनुभयो ।कार्यक्रममा बोल्दै मधेश प्रदेशकी प्रदेशसभा सदस्य शोभा लामाले स्वस्थ जीवनशैली निर्माण गर्न खेलको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । स्वर्गीय मञ्जुदेवी गुप्ताका छोरासमेत रहनुभएका नेपाली काग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ताले आफ्नो आमाको नामबाट प्रतियोगिता सञ्चालन गराउन पाउदा आफु निकै खुसी भएको बताउनुभयो ।बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, यु आर गोल्ड प्रिमियम मसला चियाका सञ्चालक उमेश चौलागाई, नेपाली काग्रेसका नगर सभापती छविलाल शर्मा, पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमकाबीच सिमरा भेट्रान क्लबले पूर्वभेट्रान खेलाडीहरुलाई सम्मान गरेको थियो । क्लबले भेट्रान खेलाडी राजु राणा, राजकुमार लामा, काशिम मिया, ईन्द्र दुलाल, नेत्रलाल श्रेष्ठ, गणेश चौहान, डम्बरमणी लिम्बु, बिदुर घिमिरे, गोवद्र्धन लामा, टिका तिवारी, शम्भुसिंह ठकुरी, राजकुमार भट्टराई, शंकर थापा, राम पाठक, शेषराज अधिकारी, सुधिर राणा, मेघे अधिकारी, नानी बस्नेत, तेजबहादुर थापा, भक्तबहादुर घलान, सिताराम पाठक, चन्द्रबहादुर श्रेष्ठ, बिष्णुहरी धिताल, रेशम तिवारी, रामचन्द्र लामा र देव थापालाई सम्मान गरिएको थियो ।प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बागमती भेट्रान, भेट्रान सिटि भेट्रान विरगन्ज, भुटनदेवी भेट्रान, विरगन्ज सिटी भेट्रान, काल भैरव भेट्रान हेटौडा, मोरङ भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौडा, चितवन भेट्रान चितवन, वीरगन्ज युथ एकेमेडमी भेट्रान, काठमाण्डौ भेट्रान, कलकत्ता भेट्रान भारत, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, दार्जिलिङ भेट्रान भारत, सिमरा भेट्रान ए र सिमरा भेट्रान बि को सहभागिता रहेको प्रतियोगिता संयोजक चौधरीले जानकारी दिनुभयो ।प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया पाउनेछन् । प्रतियोगिताको सहप्रायोजकमा हुलास स्टिल सिमरा, जगदम्बा स्टिल सिमरा, यु आर गोल्ड प्रिमियम मसला चिया रहेको छ ।यसैगरी प्रतियोगिताको प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा, लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री सिमरा, ईसुरेन्स पार्टनरमा जनरल ईन्सुरेन्स, हस्पिटालिटि पार्टनरमा अल्पाईन हस्पिटल सिमरा र मिडिया पार्टनरमा गोल नेपाल डटकम, रेडियो समर्पण ९८.२ मेगाहर्ज, ई सिलालेख डटकम र ए वान समाचार डटकम रहेका छन ।सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगिता संयोजक हरी चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
















