वीरगञ्ज,पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ स्थित बागबाना स्वास्थ्य चौकीमा महिलाका लागि निशुल्क स्त्रीरोग विशेषज्ञ स्वास्थ शिविरको आयोजना गरिएको छ ।पर्सागढी नगरपालिकाको आयोजनामा भएको स्त्रीरोग विशेषज्ञ स्वास्थ्य शिविरमा १ सय ५० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।शिविरका प्रमुख अतिथि नगरप्रमुख गोकर्ण पाठकले अहिले पनि ग्रामीण भेगका महिलाहरु प्रजनन स्वास्थ्य सम्बन्धि समस्यामा लाज मानेर लुकाएर बस्ने गरेकाले उपचारमा समस्या आउने गरेको बताउनुभयो । उहाँले कसैले पनि रोग लुकाउन नहुने भन्दै बेलैमा परामर्श र उपचार गरेमा धेरै रोग निको हुने र जीवन जोगाउन सकिने बताउनुभयो । नगर प्रमुख पाठकले लाज मानेर रोग लुकाएर बस्ने महिलाहरुमा पाठेघर खस्ने, पाठेघरमा क्यान्सर हुने जस्ता समस्या निम्तिने गरेको पनि बताउनुभयो ।शिविरमा नारायणी अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर निता महर्जनले स्वास्थ्य परीक्षण गर्नुभएको थियो भने शिविरमा १३ जनाले परिवार नियोजनको ईम्प्लान्ट सेवा, १ जनाले परिवार नियोजनको कपरटी सेवा, ८९ जनाले पाठेघरको क्यान्सरको जाँच, र ३२ जनाले निशुल्क ल्याब सेवा लिएका थिए । त्यस्तै शिविरमा महिलाको स्वास्थ जाँच गरि १ सय १० जनालाई निशुल्क औषधिसमेत वितरण गरिएको पर्सागढीका स्वास्थ्य शाखा प्रमुख नारायण पौडेलले बताउनुभयो ।

Leave a Reply