वीरगञ्जमा सोमवार आएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी आर्थिक वर्षको बजेटमा आमुल सुधार गर्ने बताउनुभएको छ । उहाँको यो भनाई आमनागरिकहरुले बुझ्न सकेको जस्तो देखिदैन ।यसअघिका बजेटमा के थियो र आमुल भएन अब के हुन्छ र आमुल हुन्छ भन्ने चैं परेको छ । वास्तवमा बजेट त देशको अवस्था, नागरिकहरुको दैनिकी तथा आम भूइमान्छेहरुको जीविकासंग जोडेर ल्याउन पर्ने हो तर नेपालको सन्दर्भमा हेर्ने हो भने त आफ्ना कार्यकर्ता पोस्नभन्दा बाहेक बजेट आएको छैन ।
एउटा ७० वर्ष कटेका नागरिकहरुका लागिभन्दा बाहेक अरुले बजेट भाषण सुन्न आवश्यक नै नभएको ठानिसकेको अवस्था छ । कर्मचारी तथा जनप्रतिनिधि अथवा दलकै कार्यकर्ता बाहेकले बजेट भाषण सुन्नुको अर्थ छैन । अबको बजेटमा के चैं नयाँ त्यस्तो कुरा आउला भन्ने आश गर्ने र खोइ प्रधानमन्त्री ज्यू ? माओवादी नेतृत्वको यो सरकारले त्यस्तो प्रधानमन्त्रीले भनेको जस्तो आमुल परिवर्तनको कुरा बजेटमा समावेश हुनेमा आशंका छ ।
त्यही कर्मचारीको सुविधा, वृद्धवृद्धाको भत्ता बढेको कुरा, जनप्रतिनिधिहरुको तलब बढेको कुरा अनि करको दायरा बढाएको कुराभन्दा अरु नयाँ केही आउने संभावना नै छैन । आएछ भने आश्चार्य नै मानौंला । जनजीविकाका विषय मुख्य त करको दायरा घटाउने, बेरोजगारहरुलाई जोगजारी दिलाउने, भूइमान्छेलाई समेटिने कुरा बजेटमा आउने संभावना कसरी छर खोइ ? त्यसैले यस्तो हावा गफ दिएर के अर्थ रहला र प्रधानमन्त्री ज्यू ?














