नरेश गुप्ता
बरियारपुर – फैसला कार्यान्वयनको सिलसिलामा  फरार प्रतिबादिलाई पक्राउ  गर्ने र ठहर जरिवाना  तिराउदै अभियुक्तहरुलाई छाडिएको छ । बिगत लामो समय देखि फरार रहेको विभिन्न मुदाको फरार प्रतिबादिहरुलाई पक्राउ  गर्ने र जरिवाना तिराउने कार्य तिब्र रुपमा देखिएको छ ।
समानित बारा जिल्ला अदालतको फैसला  कार्यान्वयन गर्न ठहर भएको जरिवाना तिराउने गरिएको बाराको प्रहरी  प्रवक्ता  गौतम मिश्रले बताउनु भयो । बिगत लामो समय देखि डांका मुदामा अदालतको जरिवानाको लागि फरार रहेको देवताल गांउपालिका  ६ निवासी जादोलाल राउत अहिरलाई बारा प्रहरीले पक्राउ  गरेको हो । प्रतिबादी यादव रु १३ हजार पांछ सय जरिवानाको लागि फरार रहेको थियो ।
त्यसैगरी  पुस २३ गते ईलाका प्रहरी  कार्यलय बारागढीको टोलिले काठ चोरिको फरार प्रतिबादी रामदेव थारुलाई लुकिछिपी रहेको अवस्थामा पक्राउ  गरिएको  हो । उनी चार हजार सांत सय जरिवानाको लागि फरार रहेको थियो । पक्राउ  परेका दुबै फरार प्रतिबादिलाई बारा जिल्ला  अदालतमा प्रस्तुत गरिएकोमा उनिहरु जरिवाना रकम दाखिला गरि छुटेको बाराको प्रहरी  प्रवक्ता  मिश्रले  जानकारी दिनु भयो ।
त्यसैबिच  बारा प्रहरीले कलैया उपमहानगरपालिका १९ पंचायनपुर स्थित रहेको अबैध  मदिरा घरेलु भट्टि नष्ट गरेको छ । प्रहरीको टोलिले भट्टि भित्र  रहेको कच्चापदार्थ २००० लिटर ,तयारी मदिरा १०००/ लिटर  नष्ट गरेको जिल्ला  प्रहरी  कार्यलय बाराले जनाएको छ । 

Leave a Reply