निजगढ,निजगढ नगरपालिका वडा नम्बर १३ मा शनीवार भएको एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १५४ जना महिला र ६९ जना पुरुष गरी २२३ जनाले स्वास्थ्य परीक्षण गराएका छन ।निजगढ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयको आयोजनामा निजगढ सामुदायिक अस्पताल निजगढ र तिलगंगा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको सो शिविरमा आँखा सम्बन्धि १५० जना र अन्य ७३ जना जेनरल बिरामीहरुको समेत गरी २२३ जनाको स्वास्थ्य परीक्षण गरिएको सामुदायिक अस्पताल निजगढका प्रशासन प्रमुख सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।शिविरमा निजगढ सामुदायिक अस्पतालका चिकित्सक डाक्टर सरोजकुमार कुशवाहा र लक्ष्मी सिन्हा र निजगढ तिलगंगा सामुदायिक अस्पतालका प्राविधिक अमन चौधरीले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
स्वास्थ्य शिविर वडा कार्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो ।

Leave a Reply