मनोज शाह
जीतपुर,विश्व प्रसिद्ध गढीमाई मेलामा आजपा पार्टीले शिबिवर सञ्चालन गरेको छ ।विश्व प्रसिद्ध गढीमाई मेलामा आम जनता पार्टी निकट आई टी आर्मीले शिबिर सञ्चालनमा ल्याएको हो ।शिबिरमा विभिन्न रोगको प्राथमिक उपचार तथा अगन्तुहरुलाई बस्ने व्यवस्था गरिएको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताउनुभयो ।रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले शिबिरको उद्धाटन गर्नुभएको थियो । आजपा पार्टीका अध्यक्ष राजकिसोर साहको सभापतित्वमा भएको कार्यक्रममा शिबिरको उद्धाटन गरिएको हो ।




















