निजगढ,निजगढ नगरपालिका– ९ को सुख्खा क्षेत्रमा सिँचाइ सुविधाको लागि जडान गर्न लागिएको डिप बोरिङ ट्युबवेलको शिल्यान्यास गरिएको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले डिप बोरिङ्ग ट्युबवेलको बिहीवार एक कार्यक्रमबीच शिल्यान्यास गर्नुभएको हो ।

निजगढ नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष रामचन्द्र कटवालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता शम्भुबहादुर बुढाथोकी, महेशी कुँमर, निजगढ– ९ का वडा सदस्य बविता श्रेष्ठ, चित्रप्रसाद चौलागाई, इन्द्रकुमारी सुनार तथा जग्गादाताहरू सिद्धिलाल तामाङ, सरिफ मियाँ अन्सारी, भाइकाजी श्रेष्ठ, दिपक शिवाकोटी, कुमार खड्का, निमा लामा, श्याम दंगाल, देवहरी न्यौपाने, बलराम थपलिया, दुर्गा थपलिया, नारायण भुजेल, प्रकाश प्रधान, विष्णु अर्याल, र मनकुमारी श्रेष्ठलगायत स्थानीय समाजसेवी तथा कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।निजगढ नगरपालिकाको १२ लाख र वडा कार्यालयको तर्फबाट १२ लाख गरी २४ लाखको लागतमा बोरिङ्ग निर्माण कार्य हुन लागेको हो ।

शिल्यान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले चालु आर्थिक वर्षमा निजगढ नगरपालिकाका विभिन्न ४ स्थानमा भूमिगत सिँचाइ डिप बोरिङ निर्माणको काम संचालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

Leave a Reply