वीरगञ्ज,वीरगञ्जको घण्टाघरमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ४४ पोका रगत संकलन भएको छ ।
शनिवार हिन्दु परिषद् नेपाल युवा नगर कार्य समिति वीरगञ्जको आयोजना तथा रेडक्रस सोसाइटी पर्साको समन्वयमा भएको कार्यक्रममा उक्त पोका रगत संकलन भएको हो । कार्यक्रममा पाँच जना महिलासहित ४४ जनाले रक्तदान गरेका छन् ।
हिन्दु परिषद् नेपाल युवा नगर कार्यसमिति वीरगञ्जका अध्यक्ष दिपक सरार्फको अध्यक्षता एवम् मधेस प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।यता पर्सा प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतवार प्रहरीले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाल प्रहरी श्रीमती संघको ४०औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गर्न लागेको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यलय पर्साको प्राङगणमा कार्यक्रम सञ्चालन हुने र रक्तदान गरी जीवनदान गर्न इच्छुकलाई पर्सा प्रहरीले आग्रह पनि गरेको छ ।




















