जनप्रतिनिधि, जनताको दुःख सुखमा साथ दिने व्यक्ति । त्यत्ति मात्रै होइन आवाज दबिएर बसेका नागरिकहरुको आवाज उठाउने पनि व्यक्ति पनि हो । समाजमा जो हुने खाने छ, जसको सबैतिर सहज पहँुच छ, उसका लागि त जनप्रतिनिधि पनि खासै आवश्यक नहोला तर समाजमा दबिएका आवाजहरु अझै पनि छन् । उनीहरुको आवाज भने जनप्रतिनिधिहरुले थेरथोर पछिल्ला दिनमा उठाइरहेका छन् ।
तर, तिनै जनप्रतिनिधिहरु आफै असुरक्षित रहेको समाजमा कसरी अन्य नागरिकहरुको हक अधिकार स्थापित होला भनेर कल्पना गर्ने ? हो कुरा बाराको कलैया उपमहानगरपालिकाको । कलैयामा एक दलित समुदायका जनप्रतिनिमाथि निर्मम आक्रमण भएको छ । जसले गर्दा पूरै जनप्रतिनिधि र दलितसमुदाय समेत फेरि एक पटक प्रताडित भएको नमिठो स्वाद यसले दिएको छ ।
यस्ता अपराध र कुकर्मंमा संलग्न रहेकाहरुलाई हदैसम्मको कारवाही हुन आवश्यक छ । यिनीहरुलाई कानुनी दायरामा त ल्याउनु पर्दछ नै तर यिनीहरुले गरेको हर्कत एकदमै घिनलाग्दो र सभ्य समाजका लागि एकदमै आपत्तिजनक पनि छ । त्यसैले अपराधमा संलग्न यस्तालाई कारवाही गरी सबै समुदायको अधिकार स्थापित हुनु पर्दछ ।