सिमरा,सर्वोच्च अदालतले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले आफ्नो सरुवा रोक्न दायर गरेको २ वटा रिट एकैचोटी खारेज गरिदिएको छ ।प्रमुख प्रशासकीय अधिकृत काफ्लेले सरुवा विरुद्ध दिएको एउटा र अदालतको अवहेलनाको अर्को रिट मागमा पनि दाबी नपुगेको भन्दै अदालतले खारेज गरेको हो । पहिलो रिटमा निर्णय नहुँदै मन्त्रालयले फेरि सरुवा गरेपछि प्रमुख प्रशासकीय अधिकृत काफ्लेको नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विरुद्ध अदालतको अवहेलनाको अर्को रिट दायर गर्नुभएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ३ मा काफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । उक्त निर्णय विरुद्धमा काफ्लेले सर्वोच्च अदालतमा दिएको रिटको सुनवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले खारेज गरेको हो ।त्यसैगरी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रिक्त सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्र भारतीलाई भदौ २७ मा पठाउने निर्णय गरेको थियो । सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव उर्मिला काफ्लेले उक्त निर्णयको विरुद्धमा पनि सर्वोच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन । उक्त रिटको सुनवाई गदै रिटमा माग दावी नपुगेको भन्दै सर्वोच्च अदालतले खारेज गरेको हो । दुबै रिट न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले नै खारेज गरेको हो ।

सर्वोच्च अदालतले रिट खारेज गरेसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि बाटो खुला भएको छ भने उपसचिव उर्मिला काफ्लेले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी छोडेर फर्किनुपर्ने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो निर्णयले बिरेन्द्रदेव भारतीलाई सहसचिवको दरबन्दीमा जीतपुरसिमरामा पठाउने निर्णय गरे

Leave a Reply