वीरगञ्ज,जिल्ला अधिवेशन पश्चात नेपाल रेडक्रस सोसाइटी पर्सामा नयाँ नेतृत्व चयन प्रक्रिया पूरा भएको छ । उक्त निर्वाचनबाट नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको जिल्ला सभापतिमा बृजकिशोर पटेलले बाजि मारेका छन् ।
नयाँ नेतृत्व चयनका लागि बुधवार विहान ९ बजेदेखि मतदान भएको थियो । उक्त मतदान जिल्ला शाखा पर्साको सभाहलमा सम्पन्न भएको थियोे ।
मतदान सकिए लगत्तै मतगणना भएको थियोे । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अनुसार नयाँ नेतृत्वका लागि यस पटक दुइवटा प्यानलबीच प्रतिस्पर्धा भएको थियोे ।यसपाली सभापतिमा बिरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानलबीच नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा भएको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिनुभयो ।
यस निर्वाचनमा पर्सा शाखामा १३४ जना मतदाता रहेका थिए । तीमध्ये ग्रामीण भेगबाट १४ वटा उपशाखाहरु तथा महानगरपालिकाबाट ८ वटा उपशाखाहरु गरी कुल २२ वटा उपशाखाहरु रहेको गुप्ताले बताउनुभयो ।शाखाको सभापतीमा बृजकिशोर पटेलसँगै महिला उपसभापतीमा मधु राणा, उपसभापतीमा भगवतीप्रसाद चौधरी, मन्त्रीमा बिनोद गिरी, कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत, उपमन्त्री साबिर अहमद एराज, उपकोषाध्यक्ष पवित्रा गजुरेल तथा सदस्यहरुमा शिवनाथप्रसाद यादव, दिनानाथ रौनियार, मदनप्रसाद साह कानु, जितेन्द्रकुमार वर्मा, बाबुनन्दप्रसाद चौरसिया, राजेश्वरप्रसाद चौरसिया, अलि असगर देवान तथा महिला सदस्यहरुमा कबिता खडका, मुनाकुमारी खनाल, बबिताकुमारी कानु लगायत निर्वाचित भएका छन् ।