हेटौंडा , एकल महिलाहरुको अधिकारका लागि स्थापित मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष शारदा चौलागाईको अध्यक्षतामा तथा सोही समूहकी बागमती प्रदेशकी उपाध्यक्ष रुकु अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सामाजिक महाशाखाका प्रमुख भीमप्रसाद तिमलसिना,महिला तथा बालबालिका बिकास महाशाखाकी अधिकृत संगिता उप्रेती, इन्सेक संयोजक गणेश भण्डारी, राष्ट्रिय मानव अधिकार आयोगकी सेवा रेग्मी, रेडक्रस सदस्य कृष्ण सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा मानव अधिकारका लागि महिलाएकल महिला समूह बागमती प्रदेशकी अधिकृत अप्सरा अर्यालले कार्यक्रममा सहजिकरण गर्नुका साथै सामाजिक परिक्षणको प्रतिवेदन पेश गर्नु भएको थियो ।

 

Leave a Reply