सिमरा,बारा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी हवल्दार बच्चालाल यादवको नेतृत्वमा खटिएको टोलिले ५६ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।बाराको कोल्हबी नगरपालिका ५ को कुमरगढीबाट सोनाभारतर्फ जाँदै गरेको नम्बर नखुकेको मोटरसाइकलमा सवार दुईजना व्यक्ति प्रहरी टोलीलाई देखेपछि उक्त लागूऔषध फाली मोटरसाईकल लिई फरार भएको प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाएका छन् ।लागूऔषध गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


















