सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको छ। सरकारले आन्तरिक राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बेहोर्ने उल्लेख गरेको छ।बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गर्दै कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।




















