बिदुर खडका

डुमरवाना,नेपालको आर्थिक अवस्था ओरालो लागेको खबर आइरहेको बेला नेपालले युरेनियम खानीलाई प्रयोगमा ल्याउन सकेमा देशको आर्थिक अवस्था विश्वमा नै उत्कृष्ट हुने बुद्धीजिवीहरुले बतायकाछन ।डुमरवाना कलेजका प्रध्यापक किशोर शर्माले समुउन्नत नेपाल सुखी नेपालीको सपना साकार पार्ने हो भने आणविक उर्जाको प्रयोगको बारेमा देशमा बहस चलाउनुपर्ने जनाउनुभएको छ ।नेपाल मकवानपुर, मुस्ताङ्ग, मनाङ्ग, गोरखा र बैतडी जिल्लाका दर्जनौं स्थानमा हजारौं टन युरेनियम खानी रहेको ०७० र ०७१ सालसंम्मको सरकारी अनुसंन्धानले नै देखाएको शर्माको भनाइ छ । मकवानपुरको बकैया गाउँपालिकास्थित चुरे क्षेत्रमा पर्ने तिन भंङ्गाले लगायतको क्षेत्रमा युरेनियम खानी रहेको प्रमाणित भएको भएपनि प्रयोगमा ल्याउने बारेमा भने सरकारले अहिलेसम्म कुनै नीति बनाएको छैन ।हाल अंन्तर्राष्टिय बजारमा १ केजी युरेनियमको मुल्य नेपाली रुपैया २९ करोड रहेको बताइएको छ । विश्वमा दुर्लभ मानिएको १ केजी सुद्ध युरोनियमबाट २४ हजार मेगावाट उर्जा उत्पादन गर्न सकिने पनि विज्ञहरुको दावी छ ।बिश्व शक्ति राष्टहरुमा परमाणु उर्जाको माग बढेको र धेरै राष्टबाट नेपालमा रहेको युरोनियम खानी उत्खनन गर्न बिभिन्न माध्यमबाट प्रस्ताव आईरहेको शर्मा बताउनुहुन्छ । तर युरेनियम उत्खननमा ठुलो धनरासी खर्चह ुने भएपनि सरकार सत्ताको जोड घटाउबाट मुक्त बनेर धनी राष्टको सहयोगमा विज्ञहरुको सुझाव लिएर देशको हितमा युरेनियम व्यबस्थापन गरेमा लाभ हुने प्राधापक शर्माको भनाइ छ ।

Leave a Reply