कृष्ण मोहन साह
सेढवा,समाजसेवी स्व. रामबहादुर श्रेष्ठ दोस्रो गोल्डकप पर्साको ठोरीस्थित बिजयबस्तीमा शनिबारबाट शुरु हुदै छ ।
आयोजक क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी गोल्ड कपको तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा बिजेता टिमलाई नगद २ लाख रुपैया तथा ट्रफी र उप बिजेतालाई नगद १ लाख रुपैया तथा ट्रफी प्रदान गरिने आयोजक क्लवका अध्यक्ष झलक श्रेष्ठले जनकारी दिनुभयो ।
त्यस्तै गोल्डकपमा उत्कृष्ट खेलाडीलाई नगद २० हजार, सर्वाधिक गोलकर्ता खेलाडीलाई चाँदीका जुत्ता र सर्वोकृष्ट गोलकिपरलाई नगद १० हजार रुपैया पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
खेल मैदानमा गरिएको पत्रकार सम्मेलनमा आयोजक टिमका रामबहादुर श्रेष्ठ, लालबहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, अमर निर्दोष, ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साह, प्रहरी चौकी बिजयबस्तीका प्रहरी सहायक निरीक्षक तीर्थबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो ।
ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्ती खेल मैदानमा हुन लागेको प्रतियोगितामा क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई आफ्नो टिममा सहभागी गराउन सक्ने आयोजकले जनाएको छ ।
शनिबार हुने उद्घाटनमा खेलमा हाम्रो फूटबल क्लब वीरगन्ज र राप्ती रिभर युवा क्लब मनहरी मकवानपुरकाबीच हुने आयोजकले जनाएको छ ।
गोल्डकपमा पर्सा जिल्लाका ७ र चितवनका ४ गरी १६ वटा फुटबल टिमको सहभागिता रहेको छ । त्यसैगरी मकवानपुरको २, बाराको १, सर्लाही १ र काठमान्डौबाट १ वटा टिमको सहभागिता रहने छ ।