कलैया,लायन्स क्लब अफ कलैयाले बारा जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको नयाँ बन्दीगृह निमार्ण र शौचालय पुनर्निर्माण गरी प्रहरी प्रशासनलाई हस्तान्तरण गरेको छ ।क्लबका अध्यक्ष प्रदीपकुमार साहको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश तामाङ उपस्थित हुनुहुन्थ्यो । उहाँले नवनिर्मित संरचना ग्रहण गर्दै क्लबको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्नुभयो ।
करीब एक लाख रुपैयाँभन्दा बढीको लागतमा सम्पन्न भएको यस परियोजनाले प्रहरी कार्यालयको भौतिक पूर्वाधार सुदृढ गर्नुका साथै थुनुवा (बन्दी)हरूको न्यूनतम सुविधासम्म पहुँच पु¥याउने उद्देश्य राखेको लायन्स क्लबका पदाधिकारीहरूले जानकारी दिएका छन्।समारोहमा क्लबका नव निर्वाचित अध्यक्ष सूर्यजीत सिंह, सचिव मुकेश गुप्ता, बृजकिशोर साह कलवार, दिलीप चौधरी, राजकुमार साह, लोकेन्द्र जयसवाल, श्याम खेतान, मनोज पोदार, इन्द्रजीत कुशवाहा, सुभाष जयसवाल, राजेश भण्डारीलगायत लायन्स क्लबका सदस्य, समाजसेवी तथा पत्रकारहरूको उपस्थिति थियो ।


















