वीरगञ्ज,वीरगञ्जमा शनिवार तीन छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तीन छुट्टाछुट्टै सस्ंथाहरुले आयोजना गरेको कार्यक्रममा १२९ पोका रगत संकलन भएको रेडक्रस पर्साले जनाएको छ ।
सत्य साइ केन्द्र प्रदेश २ समिति, बीआइटी कलेज र नेपाल जनता पार्टीले आयोजना गरेका छुट्टाछुट्टै रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सत्य साइ केन्द्र प्रदेश २ समितिले माईस्थान पार्कमा आयोजना गरेको कार्यक्रममा ४ जना महिलासहित २१ जनाले रगतदान गरेका छन् ।यसैगरी बीआइटी कलेजले आफ्नो कलेज परिसरमा आयोजना गरेको कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।यस्तै नेपाल जनता पार्टीले वीरगञ्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५४ जनाले रगतदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार रक्तसञ्चार केन्द्र वीरगञ्जमा बढ्दो रगतको अभावका कारण छुट्टाछुट्टै आकस्मिक रक्तदान कार्यक्रमको आयोजना भएको हो ।
यसैबीच रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव भएको छ । बढ्दो गर्मीबीच बिरामीको चाँपका कारण केन्द्रमा रगतको चरम अभाव भएको हो । अहिले रक्तसञ्चार केन्द्रमा सबै समूहको रगत अभाव भएको छ ।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक झाका अनुसार अहिले केन्द्रका सबै प्रकारका रगतको चरम अभाव भएको छ ।
गर्मीमा मानिसहरु घरबाहिर ननिस्कने हुनाले रक्तदान कम हुने तर केन्द्रमा भने रगत लिन आउने बिरामीहरुको चाँप बढी भएकाले रगतको चरम अभाव भएको उहाँले बताउनुभएको छ । उहाँले रक्तदानका लागि दाता संस्थाहरुसँग समन्वय भइरहेको पनि बताउनुभयो । रगतदान गरी जीवनदान गर्न सम्पूर्ण रक्तदाताहरुसँग रक्तसञ्चार केन्द्र वीरगञ्जले आग्रह गरेको छ ।

Leave a Reply