वीरगन्ज,गैरसरकारी संस्था महासंघ पर्सा शाखाको ८औं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र वीरगन्जको सभाहलमा भएको अधिवेशनले छठु साहको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको निर्विरोध चयन गरेको हो । साह जिल्ला शाखाको दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष सुरज पण्डित, उपाध्यक्ष कोपिला चौलागाई, सचिव चन्देश चौहान, सहसचिव सिमा खड्का, कोषाध्यक्ष मनोज यादव र सदस्यहरु ललन पटेल, जयनारायण चौधरी, निर्मालाकुमारी काफले, मिना यादव, मनोज राम, अर्चना गुप्ता लगायत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका नरेश जयसवालले जानकारी दिनुभयो ।

त्यसैगरी रामाकान्त पटेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको महासंघका प्रदेश समिति सदस्यसमेत जयसवालले बताउनुभयो ।

अधिवेशनको बन्द सत्रमा सचिव चन्देश चौहानले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज यादवले प्रस्तुत गरेको आर्थिक प्रतवेदन प्रतिनिधिहरुले सर्वसम्मतिमा पारित गरेका थिए ।

यसअघि अधिवेशनको उद्धाटन प्रदेशसभा सदस्य प्रमोद जयसवालले गर्नुभएको थियो । अधिवेशन उद्धाटन समाहरोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जयसवालले राज्यको आँखा पुग्न नसकेको ठाउँमा गैरसरकारी संस्था पुग्ने बताउनुभयो ।

उहाँले द्वन्द्वकालमा राज्य कमजोर बनेको बेला पनि गैरसरकारी संस्थाले सक्रियताकासाथ काम गरेको बताउँदै देश विकासको लागि राज्यले गैरसरकारी संस्थाहरुलाई साथमा लिएर अघि बढनु पर्ने धारण राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जयसवालले त्यसको लागि प्रदेश सभामा समेत आफुले आवाज उठाउने बताउनुभयो ।

अधिवेशनको उद्धाटन सत्रमा गैरसरकारी संस्था तथा समाजिक क्षेत्रबाट जनप्रतिनिधि निर्वाचित भएका र समाजिक क्षेत्रमा योगदान पुर्याउने ८ जनालाई सम्मान समेत गरिएको थियो ।

प्रदेशसभा सदस्य जयसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, वीरगन्ज–३० का वडाध्यक्ष मनोज यादव, बहुदरमाई नगरपालिका २ का वडाध्यक्ष जितेन्द्र पटेल, गैसस महासंघ पर्साका पूर्वअध्यक्षद्वय अधिवक्ता कमल मोहन पोखरेल, सुरेश कुशवाहा, हस्क पावर नेपालका निर्देशक मनोज गुप्ता, हेल्भटास नेपालका कार्यकारी अधिकृत शिवचरण रौनियारलाई महासंघले सम्मान गरेको हो ।

महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, गैसस महासंघका केन्द्रीय उपाध्यक्ष ध्रुव देब, कोषाध्यक्ष नानुमाया थापा, केद्रीय सदस्य स्वेता जयसवाल, कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलालप्रसाद रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply