पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वास्थित सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको आयोजनामा ३ दिने वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम मंगलवारबाट सुरु भएको छ ।

ग्रामीण उद्यम तथा विप्रेष आयोजना (समृद्धि) को आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको तालिममा कलैया उपमहानगरपालिका वडा नम्बर–१६ मझौलियाका २५ जना सानाकिसान महिलाहरु सहभागी भएका छन् ।

तालिममा विषेश गरी सहभागीहरुलाई आम्दानी वृद्धि गर्ने उपायहरुका बारेमा बताइने संस्थाले जनाएको छ । कमजोर आय भएका सदस्यहरुलाई आय श्रोतको पहिचान गर्न सिकाउने, आम्दानी र खर्च व्यवस्थापन गर्ने तरिका र पारिवारिक बजेट बनाउन सिकाइने संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

यस्तै तालिमका सहभागीहरुलाई भविष्यमा आइपर्ने आर्थिक व्यवस्थापनको लागि मंगलवारबाट बचत गर्ने उपायहरु, कर्जा लिने अवस्था, कर्जा रोज्ने, खोज्ने र परिचालक गर्न तालिममा सिकाइने उहाँले बताउनुभयो ।

तालिमका सहभागीहरुलाई संस्थाका फोकल पर्शन एवं सहायक प्रबन्धक मुकुन्दराज यादवले सहजीकरण गरिरहनु भएको छ । संस्थाले समृद्धिसँगको सहकार्यमा कलैया, झिट्कैंया र मनहर्वामा गरी १० वटा तालिम संचालन गर्ने छ । आगामी बैशाख तेस्रो साता तालिम सम्पन्न हुने गरी कार्यक्रम तय भएको फोकल पर्शन यादवले जानकारी दिनुभयो ।

तालिमको कलैया उमहानगरपालिका वडा नम्बर– २ का अध्यक्ष राजेश मण्डलले उद्धाटन गर्नुभएको हो ।

उद्धाटन कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष नयनकला खड्का, संचालक समिति सदस्य रोशा खातुन, श्यामताकुमारी, मुुख्य प्रबन्धक पुष्पराज खतिवडा, कलैया सेवा केन्द्र प्रमुख जगदिप कोइराला, डेरी ईन्चार्ज मनोज पटेल लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here