पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को डकाहमा भएको जिल्ला स्तरीय फुटबल प्रतियोगताको उपाधि आयोजक मित्र युवा क्लब डकाहले जितेको छ ।

निजगढको बागदेव युवा क्लब २–० गोल अन्तरले पराजित गर्दै आयोजक डकाहले प्रतियोगिताको उपाधि हात पारेको हो ।

प्रतियोगिताका विजेता एवं उपविजेता टिमलाई वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले पुरस्कार प्रदान गर्नुभयो । विजेता टोलीले नगद रु २० हजार, ट्रफी एवं उपविजेता टोलीले नगद रु १० हजार सहित ट्रफी प्राप्त गरेका छन ।

डकाहको लागि अन्जान बछारले दोस्रो हाफको पहिलो मिनेटमा पहिलो गोल गर्दै टिमललाई अग्रता दिलाका थिए भने टोलीको लागि २२ औं मिनेटमा सुसान्त चौधरीले दोस्रो गोल गरेका थिए ।

खेलको पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेनन् । एकअर्काले पाएको उत्कृष्ट मौकालाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफपछि आक्रामक रुपमा प्रस्तुत भएको डकाहले दुई गोल गर्दा बागदेव यूवा क्लबले कुनै गोल गर्न सकेन । उसले पटकपटक पाएको अवसरलाई जाली चुमाउन नसक्दा पराजय बेहोर्नु परेको हो ।

गत ४ गतेबाट सुरु भएको प्रतियोगिता अन्तरगत आयोजकले सुन्दरबस्ती युवा क्लब र बागदेवले बकुलियालाई पराजित गरि फाइनल स्थान बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here