निजगढ,मेची– महाकाली रेल सेवा अन्र्तगत निजगढ– हेटौडा, भरतपुर खण्डको सर्भे कार्य फरि अगाडि बढने भएको छ ।

बाराको निजगढमा आइतबार पूर्वपश्चिम रेल्बे खण्डका सोसलोजिस्ट रिसेटल्मेन्ट प्लानका अधिकारीहरु र निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालसहित सरोकारवाला तथा वडा अध्यक्षहरुबीचको छलफलपछि सर्भेको काम अघि बढाउने सहमति भएको छ ।

यसअघि निजगढ बजारको मुख्य बस्ती हुदै लैजाने गरी भएको रेल्बे लाइनको डिजाईन परिवर्तन गर्न निजगढबासीले माग गरेपछि बकैया खोलाको पूर्वी किनारमा रहेको ड्याम हुदै रेल्बे लाइन लैजाने सहमति बनेको थियो ।

निजगढ वडा नम्बर ४ मा रेल्बेको स्टेसन प्रस्ताब गरिएको भएपनि अब निजगढ नगरपालिका वडा नम्बर ९ मसानघाट छेउ र रतनपुरीको डम्बरपुरमा स्टेशन बन्ने बताइएको छ । रेल्बे स्टेशन आसपासमा बजार, व्यापार हुने र नजिकै बसपार्क, औद्योगिक क्षेत्र र खेल मैदानसमेत रहेको हँुदा व्यवस्थित शहर निर्माण गर्न सहयोग पुग्ने नगर प्रमुख खनालले बताउनुभयो । नगर प्रमुख खनालले रेल्बे लाइन बकैया खोलाको पूर्वी तटबाट लैजादा निजगढको सुरक्षाको लागि ड्यामसमेत निर्माण गर्न नपर्ने भएकोले निजगढबासीलाई थप फाइदा हुने र आगामी दिनमा बकैया खोला बस्तीमा पस्न नसक्ने नगर प्रमुख खनालले बताउनु भयो ।

पूर्वपश्चिम रेल मार्ग राष्ट्रिय प्राथमिकता प्राप्त योजना भएकोले निजगढ नगरको माग सम्बोधन गरेर बस्तीलाई समेत कुनै असर नपर्ने गरी रेल्बे लाइन बनाउन र यसको लागि सबैले सहयोग गर्न नगरबासीसंग नगर प्रमुख खनालले आग्रह समेत गर्नु भएको छ ।

Leave a Reply