दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाँउपालिका वडा नम्बर २ रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय करैयामा नेपाल सरकार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल कार्यक्रम अन्तर्गत सिकर्मी र विद्युत मर्मत सम्बन्धी ५० दिने सीपमुलक तालिम सम्पन्न भएको छ ।करैयामाई गाँउपालिकाको सहयोग र सुहाना सीप तथा व्यवसायी प्रशिक्षण केन्द्र प्रा.लि. नरही बाराको आयोजनामा भएको सो तालिममा महिला र पुरुष गरी ४० जनाको सहभागिता रहेको थियो ।करैयामाई गाँउपालिकाको अध्यक्ष शम्भुप्रसाद यादवको प्रमुख अतिथ्यतामा भएको उक्त तालिममा करैयामाई गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतो, पालिकाकको रोजगार संयोजक संजय चौधरी, रोजगार सहायक मनोजप्रसाद यादव, संञ्चारकर्मी दिपेन्द्र जयसवाल लगायतको उपस्थिति रहेको थियो ।


















