सिमरा,बाराको प्रसौनी गाउँपालिका ३ स्थित श्री रामजानकी नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय परिसरमा चिल्ड्रेन पार्क तथा चार कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ ।पूर्वमन्त्री तथा मधेस प्रदेश सांसद जितेन्द्र सोनलले एक कार्यक्रमका बीच पार्क र भवनको शिलान्यास गर्नुभएको हो । शिक्षा क्षेत्रको आधारभूत पूर्वाधार विकास तथा विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक पक्षको समग्र विकास गर्ने उद्देश्यसहित चिल्ड्रेन पार्क निर्माणको योजना अघि सारिएको हो ।

पूर्वमन्त्री सोनलले गाउँस्तरमै गुणस्तरीय शिक्षा र आधुनिक पूर्वाधार उपलब्ध गराएर नयाँ पुस्तालाई सक्षम बनाउनु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभएको थियो । शिक्षामा गरिने लगानी भविष्यको सुनिश्चितता हो भन्ने उहाँको धारणा छ ।शिलान्यास कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य तथा प्रसौनी गापाका पूर्वअध्यक्ष भोला गुप्ता, पन्नालाल यादव, राजहरण साह, विश्वनाथ साह कानु, जितेन्द्र साह कानु, प्रमाणन्द पटेल, विद्यालयका प्रधानाध्यापक तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply