कृष्णउदास खनाल
वीरगन्ज, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कीर्ते गरेर अर्काको छोरीलाई आफ्नो छोरी भनेर नागरिकता प्रदान गरेको खुलासा भएको छ ।यूटूब च्यानल सिधाकुराले मेयर सिंहले कीर्ते गरेर अर्काको छोरीलाई नागरिकता दिएको जानकारी पाएको भन्दै समाचार सार्वजनिक गरेको हो । मेयर सिंहले रुबिना श्रेष्ठ नामकी एक किशोरीलाई आफू बावु बनेर नागरिकता दिएको रहश्य उक्त समाचारमार्फत सार्वजनिक गरिदिएको हो ।सार्वजनिक भएको समाचार अनुसार मेयर सिंहले आफू मेयर हुनुभन्दा अगाडि नै श्रेष्ठलाई नागरिकता दिएको पाइएको छ । मेयर भएपछि सिंहले नागकिरता दिएको लिखत समेत नष्ट पार्न लागि परेको दाबी गरिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैंजु स्वर्णकारलाई बिदामा बस्न लगाएर वडा सदस्य तुफैल अख्त्तर ठकुराईमार्फत श्रेष्ठलाई नागकिरता दिनका लागि सिंहले भूमिका निर्वाह गरेको पाइएको छ । सिंह मेयर भएपछि श्रेष्ठलाई दिइएको नागरिकताको लिखत सबै मेटाउन लागिएको र जिल्ला प्रशासन तथा वडा कार्यालयमा समेत सोही दिनको रेकर्ड नभएको स्वयम् जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारीहरुले बताएका छन् ।मेयर सिंहकी धर्मपत्नी अन्नपूर्ण मानन्धरले नै आफ्नो सन्तानको नाउँमा एकमात्र छोरा रहेको स्वीकार गरेको समेत समाचारमार्फत सार्वजनिक भएको छ । झुटो अनि कीर्ते गरेर कसैले पनि नागरिकता दिएपछि नेपालको प्रचलित कानुन अनुसार सो व्यक्तिमाथि फौजदारी कानुन आकर्षित हुने भएकाले समाचारमा सार्वजनिक भएपछि मेयर सिंहलाई पनि कारवाही हुनुपर्ने आवाज वीरगञ्जमा उठन थालेको छ ।नेपाली काँग्रेसका नेतासमेत रहेका सिंहकै छिमेकी महमद सहाबुद्धिले कानुन सबैले मान्नुपर्ने भएकाले सिंहलाई कारबाही गर्नुको विकल्प नभएको बताउनुभयो । मेयर सिंहले भने यो समाचार सार्वजनिक भएपछि आफ्नो चरित्र हत्या गरिएको भन्दै आफूपनि कानुी बाटोमा जाने प्रतिकृया दिनुभएको छ ।
मेयरविरुद्ध जिप्रकामा उजुरी
मेयर सिंह विरुद्धमा मंगलवार जिल्ला प्रशासन कार्यालय पर्सामा जोहेरी परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का नेपाली काँग्रेसका नेता समेत रहेका महमद सहाबुद्धिले राजेशमान सिंह विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिनु भएको हो । मेयर सिंहले कानुनको बर्खालाप गरेकोभन्दै सिंहलाई कारबाहीको माग गर्दै आफूले जाहेरी दिएको सहाबुद्धिको भनाई छ ।
छोटो समयमा जनता रुष्ट
लामो समय होटल व्यवसाय संचालन गर्दै आइरहेका होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अधयक्ष हरि पन्तले संचालन गर्दै आइरहेको क्यालिक होटल गएको बर्ष मेयर सिंहले बिना जानकारी एकैचोरी डोजर लगाएर भत्काइएको भन्दै पन्त सहितको व्यवसायीको टोली निकै आक्रोशित बनेको थियो ।जनताबाट निर्वाचित व्यक्ति शासक जसरी प्र्रस्तुत भएको देख्दा आफू अझै पनि आश्चार्यमा परेको पन्तले पटक पटक बताउदै आउनुभएको छ । सिंहले वीरगञ्ज नगरवासीको मन जित्नेभन्दा पनि मन कुडाउनतर्फ लागेको नगरका केही बौद्धिक व्यक्तिहरुको भनाइ छ ।अघिल्लो महिनासमेत मेयर सिंह र उपमेयर अन्सारी पक्षधरबीच कार्यालयमा नै कुटाकुट समेत भएको थियो । राजेशमानको बिगतको छवि नै ठीक नभएकाले मेयर भएपछि झनै त्यो प्रवित्ति हावी देखिएकाले आफूहरुलाई समेत अप्ठेरो भएको नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।
सिंह काँग्रेससहित हालको सत्ता गठबन्धनका तर्फबाट गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार बिजयकुमार सरावगीलाई पराजित गर्दे मेयरमा बिजयी हुनुभएको थियो ।

Leave a Reply