वीरगञ्ज,महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका ६ बेलहिया घर भई हाल वीरगञ्ज महानगरपालिका १३ मा बस्ने ५० वर्षीय पुरुष रहेका छन् ।घटनामा संलग्न रहेकामध्ये अर्का एक जना पुरुष फरार रहेको प्रहरीको भनाई छ । फरार व्यक्तिको पहिचान खुल्न बाँकी छ ।
दुबै मिलेर परिवर्तित नामथर ३४ जिल्ला २०८१-०८२ श्रीपुर (प) लाई शनीवार बिहान करणी गरेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।पीडित पक्षले दिएको जाहेरीका आधारमा साहलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको र फरार व्यक्तिको खोजी भईरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभएको छ ।

Leave a Reply