जनकपुरधाम,धनुषाको मिथिला नगरपालिका– ६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका– ५ का २८ वर्षीय विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उहाँ रेडियो धनुषाधामका सञ्चालक तथा इ–न्युज ब्युरोका कार्यकारी सम्पादक हुनुहुन्थ्यो । मङ्गलवार बिहान ४ बजे आफैले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल ढल्केबर–जनकपुर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा बिहान करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो ।मोटरसाइकलमा पछाडि सवार रहेका यादवका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव घाइते भएका छन् । उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ । मृतक यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply