नरेश गुप्ता

बरियारपुर,मधेश प्रदेशभित्रका स्थानीय तहमध्ये बाराका दुई उपमहानगरपालिकामा भ्रष्टाचार सम्बन्धि मुद्दा सबैभन्दा बढी परेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको तथ्यांकअनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका भ्रष्टाचार सम्बन्धि मुद्दा पर्नेमा क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

बाराको कलैयामा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन विषयक अन्तरक्रिया कार्यक्रममा अख्तियारको कार्यालय हेटौडाले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जीतपुरसिमरा उपमहानगरको ७६ भ्रष्टाचारका उजुरीमध्ये ३७ वटा फर्छ्यौट भएका छन् । बाँकी गम्भीर प्रकृतिका तथ्य सहितको उजुरी रहेकोले अनुसन्धानको क्रममा रहेको अख्तियारले जनाएको छ ।

कलैया उपमहानगरपालिकाका ५४ उजुरी मध्ये २९ उजुरी फर्छ्यौट भएका छन् भने २५ उजुरी फर्छ्यौट हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी त्यसैगरी परवानिपुर गाउँपालिकामा भ्रष्टाचार विरुद्ध उजुरीमा तेस्रो स्थानमा रहेका छन । परवानिपुर गाउँपालिकामा गत बर्ष १ र यश बर्ष २७ वटा गरि जम्मा २८ वटा भ्रष्टाचार विरुद्धमा उजुरी परेको एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । बाराको दक्षिणी भेगमा अवस्थित देवताल गाउँपालिकामा चालू आर्थिक बर्षको फाल्गुन मसान्तसम्म मा जम्मा ६ वटा भ्रष्टाचार विरुद्ध मुद्दा दर्ता रहेको छ । गत बर्षको २ वटा यश बर्ष भ्रष्टाचार विरुद्ध उजुरी नै नपरेको देवताल गाउँपालिकामा जम्मा २ वटा मुद्दा पछौट हुन बांकी रहेको अख्तियारले जनाएको छ ।

त्यसैगरी बाराको १६ स्थानीय तह मध्ये कोल्हबी नगरपालिका, सिम्रौनगढ, बिश्रामपुर गाउँपालिकामा आर्थिक वर्ष ०७८÷०७९ को फागुन मसान्तसम्ममा ९ ÷ ९ वटा भ्रष्टाचार विरुद्धको उजुरी दर्ता भएको पनि बताइएको छ । कोल्हबी नगरपालिकाको गत वर्षको एउटा र यो वर्षको ५ गरि ६ वटा मुद्दा फर्छौट भएको अख्तियारले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

त्यसैगरी सिम्रौनगढ नगरपालिकामा गत वर्षको ३ र यस वर्षको १ गरि ४ वटा मुद्दा फर्छौट भएको तथा ५ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगव्दारा सार्वजनिक गरिएको तथ्यांक अनुसार देवताल गाउँपालिकामा भ्रष्टाचार विरुद्धको उजुरी जिल्लाको अन्य पालिकाको तुलनामा सबैभन्दा कम परेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here