वीरगन्ज,पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले विश्वासघात र ठगी सम्बन्धी अभियोगमा काठमाडौंबाट पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रुतीलाई पक्राउ गरेको हो । उनलाई पर्सा ल्याउने तयारी भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले श्रुतीलाई पक्राउ गरी पठाउन पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।श्रुतीमाथि विश्वासघात र आर्थिक ठगीको आरोप लागेको बताइएको छ । घटनाको विस्तृत विवरण भने पर्सा प्रहरीबाट आधिकारिक रूपमा आउन बाँकी छ । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले श्रुती पक्राउ परेको सुने पनि आधिकारिकरुपमा जानकारी भने आउन बाँकी रहेको बताउनुभयो ।

Leave a Reply