वीरगञ्ज,तराईका जिल्लाहरूमा चर्को गर्मीले जनजीवन अस्तव्यस्त बन्दै गएको बेला, वीरगञ्जमा सर्वसाधारण र यात्रुहरूलाई राहत प्रदान गर्न शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानले निःशुल्क चिसो पानी वितरण अभियान सुरु गरेको छ ।तातो घाममा हिँड्ने बटुवाहरूको प्यास मेटाउने लक्ष्य राखेको अभियानअन्तर्गत वीरगञ्जका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा चिसो पानी वितरण गरिएको छ । कार्यक्रममा साउथ जोनका विद्यार्थीहरूको जोसिलो सहभागिता उल्लेखनीय रहेको थियो । उनीहरूले पानी वितरणमा सक्रिय भूमिका निभाउँदै यात्रुहरूलाई सहजता प्रदान गरे ।



















