नेकपा माओवादी केन्द्रले अहिले सरकारको नेतृत्व गरिरहेको छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठ अहिले गृहमन्त्रीमा रहनुभएको छ । पछिल्लो समय श्रेष्ठले चलाएका केही अपरेशनहरुले व्यापक चर्चा पनि पाएको छ । यद्यपि कतिपय अनुसंधानका कुरामा गृहमन्त्रीको बारेमा पनि शंकास्पद कुरा आउने गरेको छ । एमाले र नेपाली काँग्रेसका सभापतिको निशानामा समेत श्रेष्ठ पर्दै आउनुभएको छ । यसो भन्दैमा अहिले नै श्रेष्ठ दोषी रहनुभएको छ वा उहाँको बद्मासी छ भनेर आँकलन गरी नहालौं ।पछिल्लो पटकको सुनकाण्डको विषय निकै पेचिलो बनेको छ । सरकारमा सहभागी भएका नाताले गृहमन्त्री र प्रधानमन्त्रीले माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोरालाई जोगाउदै आइरहेको आरोप खेप्न परेको थियो । विभिन्न संचारमाध्यामहरुले महरा बाबुछोराको पोल पनि सार्वजनिक रुपमा नै खोलिसकेको अवस्थामा समेत सरकार मौन बस्नुले आशंका उब्जाएको थियो ।तर, सिआइबीले ढिलै भएपनि महराका छोरा राहुललाई बुधवार पक्राउ गरेको छ । सरकारमा रहेको दलको नेता भएकाले महराले उन्मुक्ति पाएको आरोपसमेत लाग्दै आएको थियो । अब अनुसन्धानका क्रममा कृष्णबहादुरलाई पनि प्रहरीले नियन्त्रणमा लिनुपर्छ । दोषी वा निर्दोष त पछिको कुरा हो । पक्राउ पर्दैमा महरा बावुछोरा दोषी पनि हुदैनन् तर अनुसंधान भने हुन आवश्यक छ र गर्नु पनि पर्दछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here