पुष्पराज खतिवडा

मनहर्वा,बाराको निजगढमा जारी सातदिने चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम सम्पन्न भएको छ ।

चलचित्र निर्माण सम्बन्धि आधारभूत विषयमा जानकारी एवं प्रशिक्षण दिने उदेश्यले गत बुधबारबाट सुरु भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

चलचित्र लेखन, निर्देशन तथा छायाङ्कन जस्ता विषयमा कार्यक्रममा सहभागीहरुलाई जानकारी गराइएको आयोजक संस्था चलचित्र निर्देशक समाज संस्थापक अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो ।

नेपाल चलचित्र निर्देशक समाजले संयोजन गरेको सातदिने प्रशिक्षणमा बारा, पर्सा, रौतहट, चितवन र नवलपरासी जिल्लाका गरी ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता थियो ।

अभिनेता निखिल उप्रेती, अभिनेता अनुप बराल, युवराज लामा, दयाराम दाहाल, सन्तोष श्रेष्ठ, रक्षा सिंह राणा, जनकदीप पराजुली, सामीप्य तिमल्सिना, पुरुषोत्तम प्रधानलगायतले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ लगायतका बिषयमा प्रशिक्षण दिइएको सहभागीहरुले बताए ।

चलचित्र निर्देशक समाजको संयोजन, चलचित्र विकास बोर्डको आयोजना एवं चलचित्र तथा लोकसंचार प्रबद्र्धन बोर्डको सह–आयोजना भएको कार्यक्रमकोे चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालले गत साता उद्धघाटन गर्नु भएको थियो ।

बोर्ड अध्यक्ष दाहालले नै समापन गर्नु भएको कार्यक्रममा निजगढ नगरपालिका मेयर सुरेशकुमार खनाल, उपमेयर लिलादेबी लामिछाने, होटल तथा पर्यटन ब्यवसायी संघका प्रदेश अध्यक्ष मोहन शर्मा, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम समापनअघि सहभागीका ५ समुहले सामाजिक विषय वस्तुमा तयार गरेका छोटा चलचित्रहरु समेत प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here