सिम्रौनगढ,जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा बाराको सिम्रौनगढ नगरपालिका– ८, कचोर्वामा अवैध मदिरा उत्पादन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ हुुनुहुन्थ्यो भने प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुुनुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, संचारकर्मीहरू, स्थानीय भद्रभलादमीहरूसहित करिब १५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्देश्य सिम्रौनगढ क्षेत्रका बासिन्दाहरूमा अवैध रूपमा मदिरा उत्पादन तथा बिक्री वितरणको जोखिम, त्यसले निम्त्याउने स्वास्थ्य समस्या, समाजिक विकृति र कानुनी दायित्वबारे जनचेतना फैलाउनु रहेको प्रहरीले जनाएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी उपरीक्षक तामाङ्गले अवैध मदिरा उत्पादन गैरकानुनी कार्य भएको र यसबाट समाजमा स्वास्थ्य संकट र आपराधिक गतिविधिसमेत बढ्ने बताउनुभयो ।

Leave a Reply