सिमरा,सिमरा कलेजमा आइतवार भएको पूर्व विद्यार्थीको भेलाले पूर्व विद्यार्थी परिषद् गठन गरेको छ ।
स्थापनाकालदेखि अध्ययनरत पूर्व विद्यार्थीहरुको भेलाले ११ सदस्यीय पूर्व विद्यार्थी परिषद् तदर्थ समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा नृपराज बराल, उपाध्यक्षमा सोनी कार्की, सचिवमा सुमित अधिकारी, सहसचिवमा श्रीराम रेग्मी, कोषाध्यक्ष राजुकुमार दास बाँनिया रहेका छन् । यसैगरी सदस्यमा कृष्ण अधिकारी, चेतबहादुर बस्नेत, पर्शुराम चौधरी, सञ्जीव सुवेदी, कुन्दन साह र अनिश रेग्मी चयन भएका छन् ।कार्यक्रममा पूर्व विद्यार्थीको तर्फबाट श्रीराम रेग्मी, सञ्जीव सुवेदी, लालकाजी परियार, नृपराज बराल, राजकुमार दास बाँनिया, सुमित अधिकारीले आफ्ना अनुभव आदनप्रदान गरेका थिए ।भेलाको सहजीकरण कलेज प्रमुख शालिकारम अधिकारीले गर्नुभएको थियो । २०६० सालमा स्थापना भएको कलेजमा हाल स्नाकोत्तर तहसम्म अध्ययन अध्यापन भईरहेको छ । कलेजमा पहिलो पटक पूर्व विद्यार्थी भेला भएर परिषद् गठन गरेका हुन् ।


















