सिमरा,वीरगञ्ज सिटी भेट्रान क्लबले प्रथम पथलैया भेट्रान फूटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पथलैयास्थित श्रीकृष्ण खेल मैदानमा शनिवार भएको उद्घाटन खेलमा हेटौंडा फूटबल क्लब कमलडाँडालाई १–० ले पराजित गर्दै वीरगञ्जले बिजयी सुरुवात गरेको हो ।वीरगञ्जको जितमा चन्द्रशेखर चौधरीले निर्णायक गोल गरेका थिए । दोस्रो हाफको अन्तिम समयमा चौधरीले गरेको गोल निर्णायक बन्न पुग्यो ।खेलको प्लेयर अफ दि म्याच चौधरी घोषित भए । चौधरीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आइतबार वीरगञ्ज युथ भेट्रान र डुमरवाना भेट्रान क्लबबीच खेल हुनेछ ।जेठ ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार नगद प्राप्त गर्नेछ ।

Leave a Reply