नरेश गुप्ता

बरियारपुर,बाराको परवानीपुर गाउँपालिका वडा नम्बर २ मुसहरिमा महिलालाई जिस्काएको निहुँमा कुटपिटबाट बाबु÷छोरा गम्भीर घाईते भएका छन । स्थानीय महेन्द्र साह कानु र जगरनाथ महतो खुलवटबीच बिवाद हँुदा जगरनाथका छोरा अजय महतो खुलवट र बिजयले धारिलो हतियारले हानेर महेन्द्र साह कानु र उनका छोरा बलिराम र श्रीराम गुप्ता गम्भीर घाईते भएका हुन । घाईते जगरनाथको दाहिने खुट्टामा घाँस काटने गडासिको प्रहारबाट घुडामा गहिरो चोट लागेको र छोरा बलिरामको नाक काटिएको छ । परवानीपुर बजारबाट शनिबार राती ६ बजे घर फर्किने क्रममा गुप्ता दाजुभाइलाई अजय र बिजयले मादक पदार्थ सेवन गरी सडक छेकेर कुटपिट गर्दा छोरालाई बचाउन पुगेका बुवा महेन्द्र साह कानुमाथि पनि आक्रमण गरिएको बारा प्रहरीले जनाएको छ । बुहारीलाई जिस्काएको निहुँमा उनीहरुमाथि कुटपिट भएको बताइएको छ ।

कुटपिटबाट बुवा र छोरा दुबै गम्भीर घाईते भएको र हाल उनीहरुको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको परिवारिक श्रोतले जनाएको छ । घटनामा सग्लन रहेका स्थानीय अजय र बिजय महतो खुलवटलाई प्रहरी चौकी बुनियादले शनिबार राती नै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय बारामा बुझाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here