कलैया,कलैया उपमहानगरपालिका–१६ मा निर्माण हुन लागेको विद्यानगर कृषि बजारको शिलान्यास गरिएको छ ।
पूर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साहले उक्त योजनाको शिलान्यास गर्नु भएको हो । बजार निर्माणको कुल लागत ८२ लाख ९९ हजार ८३२ रुपैयाँ रहेको छ ।

चिनी मिल कृषि बजार निर्माण उपभोक्ता समितिले निर्माण गर्ने विद्यानगर कृषि बजारमा क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८० लाख र जनश्रमदानबाट २ लाख ९९ हजार ८ सय ३२ रुपैया लाग्ने जनाइएको छ ।कृषि बजारले स्थानीय किसानलाई आफ्ना उत्पादनहरू सहजै बिक्री वितरण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । शिलान्यास कार्यक्रमको अवसरमा सांसद साहले किसानहरूको जीवनस्तर उकास्न यस्ता पूर्वाधार विकास योजनाहरू अत्यावश्यक रहेको बताउँदै आगामी दिनमा अझ बढी विकास योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply