अनिल तिवारी
सिमरा –  हिन्दु स्वयंसेवक संघ नेपालले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरमा स्वामी विवेकानन्द सँस्कृती ज्ञान परिक्षा सम्पन्न गरेको छ । परिक्षामा बारा र पर्सा जिल्लाबाट १५ वटा बिद्यालयहरु बाट ३५० विद्यार्थीहरु सहभागी भएका थिए ।

 

 

 

हिन्दुहरुको संस्कृति जोगाउन हिन्दु स्वयंसेवक संघ नेपालद्धारा स्वामी विवेकानन्द सँस्कृती ज्ञान परिक्षा आयोजित गरिएको थियो । उक्त प्रतियोगियात्मक कार्यक्रममा सहभागी १५ स्कुल मध्धे जीतपुरको ऐभरग्रिन बोडिङ स्कुलकी विद्यार्थी अकृति चौधरी प्रथम र सोही स्कुलकी विद्यार्थी दिक्षा चौधरी दृत्य भएकि थिन भने अबिनेश झा तृत्य भएका थिए ।

 

 

 

परीक्षामा प्रथम हुनेलाई १६ हजार, दृत्यलाई ७ हजार, तृत्यलाई ५ हजार नगद, प्रमाणपत्र र मेडल सहित सम्मान गरेका थिए । तिनजना उत्कृष्ट संगै सहभागी विद्यार्थी मध्ये उत्कृष्ट २५ जनालाई ५÷५ सय नगदले पुरस्कृत गरिएको थियोे ।

 

 

 

 

स्वामी विवेकानन्द सँस्कृती ज्ञान परिक्षा कार्यक्रमका प्रमुख अथिति जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु प्रसाद कलवार रहनु भएको थियोे भने समाजसेवी बिनोद जैस्वाल विष्शिट अथितिको रुपमा रहनु भएको थियो । कार्यक्रमका संयोजक संदिप कुमार साहको हिन्दु धर्मको संस्कृति जोगाउन उक्त कार्यक्रमको आयोजना गरेको बाताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here