निजगढ,ईलाका प्रहरी कार्यालय, निजगढबाट सरुवा हुनुभएका प्रहरी निरीक्षक सुमित कुशवाहालाई निजगढ नगर उद्योग वाणिज्य संघ र युथ अफ निजगढले बिहीवार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान पत्रसहित मायाको चिनो प्रदान गरेको छ ।

संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको हस्ताक्षरमा प्रदान गरिएको सम्मान पत्रमा निरीक्षक कुशवाहाको कार्यकाल निजगढ नगरबासीको लागि स्मरणयोग्य भएको उल्लेख गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना पनि गरिएको छ ।त्यसैगरी युथ अफ निजगढको सम्मान पत्रमा निरीक्षक कुशवाहा एक कुशल प्रहरी निरीक्षक भएको उल्लेख गर्दै उहाँको भूमिकाबाट नगरवासीको मन जित्न सफल भएको बताइएको छ ।

युथ अफ निजगढको तर्फबाट दिइएको सम्मान पत्रसहितको मायाको चिनोमा अध्यक्ष कमल पराजुली, सल्लाहाकार जीतलाल श्रेष्ठ र भाइकाजी श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।गत वर्षको बैशाख २९ गते इलाका प्रहरी कार्यालय निजगढको इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएका निरीक्षक कुशवाहाको वडा प्रहरी कार्यालय बैदाम कास्कीमा सरुवा भएको हो ।
कुशवाहाको ठाउँमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा कार्यरत प्रहरी निरीक्षक जीवन लामिछाने आउन लाग्नभएको छ ।

Leave a Reply