नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको छ । दुई ठूला पार्टी मिलेर सरकार बनाएका छन् । लगभग दुई तिहाइको सरकार छ । आम नागरिकहरुले बुझेको कुरा के हो भने अहिलेको सरकारलाई काम गर्न समस्या छैन ।
केही विषयमा सरकारले काम पनि गर्न खोजेको जस्तो देखिन्छ । सुशासनको सवालमा त खासै प्रगति भएको छैन तर केहीकेही कुरामा भने सुधारको छनक देखिएको छ र यो सरकारले पनि केही गरेन भने अरु सरकारले त झन केही गर्ला भन्ने विश्वास गर्ने ठाँउ छैन । फरि नागकिरको सरकार फेरबदर होस् भन्ने पनि चाहना छैन ।

यहीबीचमा शुक्रवार सत्ताको नेतृत्व गरेको एमालेले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनको उद्देश्य जे भएपनि सतहमा एमाले सक्रिय छ भन्ने देखाउन खोजेको र एक प्रकारको शक्ति प्रदर्शन गरेको जस्तो पनि देखिन्छ । यथार्थवादी भएर हेर्ने हो भने जसले सभा गरे पनि उत्तिकै संख्यामा मानिस देखिन्छन् सबै समर्थक हुन् वा होइनन् त्यो त भविष्यले देखाउछ तर सरकारको नेतृत्व गरेको पार्टीले किन सडकमा प्रदर्शन गर्यो यो विषय बढी महत्वपूर्ण र बहस योग्य छ ।

यही कुरामा अलि बढी बहस र एमालेको आलोचना पनि भइरहेको छ । माओवादीले पनि सरकारको नेतृत्व गरिरहेकै अवस्थामा प्रदर्शन गरेको थियो । दलहरुको यो तरिका ठीक होइन । संदेश जे दिन खोजिएपनि यसले दल र नेताहरुकै गरिमा घटाउने काम गरेको छ । अब यस्तो क्रियाकलाप नदोहोरियोस् पनि यो एमालेको सन्देश सभाबाट सबैले पाठ सिक्न जरुरी छ । किनभने एमालेको सभामा नागरिकहरुको उपस्थितिको पनि त समीक्षा भइरहेको छ ।

Leave a Reply