सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिमा एक वर्षमा एक सय ८४ वटा मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०८१-०८२ मा उपमहानगरको न्यायिक समितिको एक सय ८४ वटा मुद्दा दर्ता भएका थिए । दर्ता भएका समितिले तीमध्ये असार मसान्तसम्म ९० मुद्दाको फैसला गरिसकेको छ भने बाँकी मुद्दा प्रक्रियामा रहेका छन् ।
गत वर्ष दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी जग्गा विवाद सम्बन्धी मुद्दा दर्ता भएका थिए । यो वर्ष जीतपुरसिमरामा जग्गा सम्बन्धी ६५ मुद्दा दर्ता रहेका छन् । त्यसपछि लेनदेनका ४३ मुद्दा दर्ता भएका छन् । यस्तै निर्माण कार्य रोक्का १०, बाटो नाला ११, घरेलु हिंसा ३ वटा लगायतका मुद्दा दर्ता भएका थिए ।

समितिले दर्ता भएका मुद्दामध्ये ४७ वटा मिलापत्रमार्फत टुंग्याएको छ भने ८ मुद्दामा मिलापत्र हुन नसकेर अन्यत्र प्रक्रियामा पुगेका छन् । यस्तै २२ मुद्दामा निर्णय भइसकेको, ४ वटा तामेलमा राखिएको, ५ मुद्दा खारेज गरिएको, ४ मुद्दा फिर्ता भएको र ९४ मुद्दा अझै कारबाही प्रक्रियामा रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
न्याय कानुन शाखाका अधिकृत कुलदिपकुमार रायका अनुसार एउटा मुद्दा टुंगोमा पुग्न कम्तीमा पनि एक महिना लाग्ने गरेको छ ।

Leave a Reply