पछिल्लो समय ‘यमगज’ नामक एक जंगली हात्तीले बारा जिललमा ताण्डव नृत्य मच्चाएको छ । केही समयअघि मकवानपुरमा आतंक मच्चाएको सो हात्ती बारामा आएर नागरिकहरुको हत्यामा उत्रिएको छ । त्यसो त उसले मकवानपुरमा पनि नागरिकहरुको हत्या गरेको थियो । धर्मशास्त्रमा हात्ती र मानिवबीचको सम्बन्ध घनिष्ट रहेको उल्लेख गरिएको भएपनि पछिल्ला समय भने हात्तीबाट मान्छे मारिने क्रम बढेको छ । हो एकदमै बिडम्बनाको कुरा हो । खासगरी जंगल छेउछाउ बसोबास गर्ने नागरिकहरुले हात्तीको आक्रमणबाट ज्यान गुमाउदै आएकाछन ।

हुनत यो विषयमा सरकारी अधिकारीहरुको भनाइ आफ्नो ठाउमा आउला तर नागरिकहरुको हत्या हुँदा समेत हात्ती नियन्त्रणका लागि प्रयास हुदैन भने योभन्दा अरु बिडम्बना केही हुन सक्दैन । हप्ता दिनअगाडि मकवानपुरमा त्यही हात्तीले स्थानीयको हत्या गर्दा हात्ती नियन्त्रणको प्रयास भइरहेको बताउने राज्य संयन्त्रको कमजोरीका कारण बाराको टागिँयाबस्तीका एक स्थानीयले ज्यान गुमाउन परेको छ ।

हात्ती किन मानव बस्तीमा पसिरहेको छ र हात्तीका कारण किन समस्या सृजना भइरहेको छ भन्ने विषयमा सरकारले नीति बनाउन आवश्यक छ । जंगल आसपासका नागरिकहरुलाई हात्तीबाट कसरी जोगाउन सकिन्छ भन्नेमा पनि नीति देखिदैन । टाँगियाबस्तीको हात्तीको घटना पहिलो होइन, पछिल्लो १ दशक यता यहाँ आधा दर्जनभन्दा बढीले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन । तर अब यो घटना अन्तिम बनोस् यो आशा मात्रै हो । कहिले धुर्बे, कहिले गोबिन्दे त कहिले यमगजको नाउमा हुने मानवीय क्षति न्यूनीकरणको लागि सरकारले पनि स्पष्ट नीति बनाउन आवश्यक छ ।

 

 

Leave a Reply