राजकुमार यादव
मौलापुर,मालपोत कार्यलय चन्द्रनिगाहपुरका कार्यलय प्रमुख भुपेन्द्र राईले कार्यालयको काममा अनावश्यक दुःख दिने गरेको सेवाग्राहीहरुले ारोप लगाएका छन । उनले घुस बिना सर्वसाधारण सेवाग्राहीको सामान्य काम पनि नगर्ने सेवाग्राहीहरुको गुनासो छ ।
केही महिना अगाडिमात्रै मालपोत कार्यलय चन्द्रनिगाहपुरमा कार्यालय प्रमुखका रुपमा आएका राईले सो सहकर्मी कर्मचारीलाई समेत रैतीको जस्तो व्यवहार गर्ने गरेको कर्मचारीहरुले गुनासो गरेकाछन ।सेवाग्राहीको काम लिएर कार्यालयमा जाँदा राईका कारण समस्या श्रृजना भएको एकजना लेखापढी व्यावसायीले गुनासो गरेकाछन ।कार्यलय प्रमुख राईले सेवाग्राहीसंग हरेक फाईलमा रकमको डिल गर्ने गरेको यसरी रकम बिना काम नगर्ने उनको प्रवृत्तिका कारण कर्मचारी र लेखापढी व्यवसायी समेत समस्यामा पर्ने गरेका हुन ।
पछिल्लो समय कार्यालय प्रमुख राईका कारण सेवाग्राही मात्र नभएर सो कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले समेत सास्ती खेप्नु परेको गुनासो बढेको छ । यस सम्बन्धमा कार्यालय प्रमुख राईसंग सम्पर्क गर्दा आफुले कुनै काममा कसैसंग आर्थिक लेनदेन नगरेको र कर्मचारीलाई पनि दुःख नदिएको बताएका छन । नियम अनुसार हुने सबै काम नियमित रुपमा गर्दैआएको उनको भनाई छ ।
चन्द्रनिगाहपुर मालपोत कार्यालयका प्रमुख बारे जनगुनासो बढेको सम्बन्धमा मालपोत विभागका प्रवक्ता वेदप्रकाश अर्यालसंग कुरा गर्दा यसबारेमा आफुले विभागका महानिर्देशकलाई जानकारी गराइसकेको बताउनुभयो ।यातायात कार्यालय वीरगञ्ज पर्साबाट सरुवा भएर उनी चन्द्रनिगाहपुर मालपोत कार्यालय आएका हुन छन । यातायात कार्यालयमा जस्तै राईले मालपोत कार्यालयमा पनि अनियमितता गर्न खोजेपछी स्थानीय लेखापढी व्यवसायी, सेवाग्राही र कार्मचारी पीडित बनेका हुन । ।
















