हेटौंडा – नागरिक समाज संजालका सदस्यहरुसंग मुलुकी अपराध संहिता २०७४ मा लैङ्गिक हिंसा र बार्षिक वकालत सम्बन्धि कार्ययोजना बिषयमा छलफल गरिएको छ । सिबिन नेपाल मकवानपुरको आयोजना तथा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सन्जाल मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । मुलुकी ऐनमाभन्दा थप भएका कानूनी ब्यवस्थाबारे जानकारी गराईएको हो ।
कार्यक्रम अधिबक्ता मनप्रसाद भट्टराईले सहजीकरण गरेका थिए । मुलुकी संहिताले समाबेश गरेको पिउने पानी प्रदुषित गरेमा,सार्वजनिक भौतिक संरचनाको बिनाश र कब्जा गरेमा, राष्ट्रिय बिभूतिलाई अपमान गर्ने कार्य गरेमा आत्महत्या गर्न दुरुत्साहन गरेमा, बलात्कार गरेर हत्या गरेमा, मन्जुरी बीना मानव शरीरमा परिक्षण गरेमा,, झुट्टा वा गलत प्रतिबेदन दिएमा, सार्वजनिक स्थानमा पशुपक्षी मारेमा, कसुर गर्ने नियतिले बेहोस पारेमालगायतका ४५ वटा नयाँ ब्यवस्थाप बारे जानकारी गराईएको थियो ।
कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश कार्यालय हेटौंडा प्रमुख कृष्ण गौतम, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सन्जाल अध्यक्ष आरती पाठक, पत्रकार महसंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाल, सन्जालका सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सिबिन मकवानपुरका प्रमुख झबिन्द्र ज्ञावलिले बताए ।