मनोेज शाह
जीतपुर,बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित शान्ति टोल खेल मैदानमा आज वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । दिल्ली पब्लिक स्कुलको आयोजनामा तथा शक्ति यूवा विकास मञ्चको सहजीकरणमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा शान्ति युवा विकास मञ्चका अध्यक्ष अजय गुप्ता, सचिव अशोक दास तत्मा, सदस्य लालबाबु साह, नागेन्द्र सहनी, सल्लाहकार दीपक गुप्ता, धीरज शराफ, दिनेश शराफलगायत क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।त्यसैगरी विद्यालयका शिक्षक रञ्जितकुमार चौधरी, दिलिप शाह, रितेश महतो तथा विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।
वृक्षारोपण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रहरी सुरक्षा केसीसहित नगर प्रहरी टोलीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति युवा विकास मञ्चका अध्यक्ष अजय गुप्ताले दिल्ली पब्लिक स्कुलले आयोजना गरेको वृक्षारोपण कार्यक्रम समाजका लागि अत्यन्त उदाहरणीय र प्रेरणादायी रहेको बताउनुभयो । उहाँले वातावरण संरक्षणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी वडा नं. ७ का वडा सदस्य नवीन मैनालीले विद्यालयले वातावरण संरक्षणका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै वृक्षारोपणले हरियाली प्रवद्र्धनसँगै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने मञ्चका अध्यक्ष गुप्ताले विश्वास व्यक्त गर्नुभयो ।स्थानीयवासी, युवा तथा विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना फैलाउनुका साथै सामाजिक उत्तरदायित्वको सशक्त सन्देश अध्यक्ष गुप्ताको भनाई छ ।

Leave a Reply